२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागु औषधसहित १५ जना पक्राउ



अ+ अ-

काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हिरोईन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले मंगलवार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

उनीहरुको साथबाट खैरो हिरोइन २८७.५ ग्राम, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताउनु भयो । त्यसैगरी लागु औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

त्यस्तै पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हिरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उहाँले उल्लेख गर्नुभयो । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागु औषध ऐन अनुसार म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको उहाँले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागु औषधको अवैध बजारमूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।