५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चायत र गणतन्त्रमा के फरक छ ? – प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारसँग पञ्चायत र गण्तन्त्रमा के फरक छ भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले पेश गरेको ‘केही नेपाल ऐन संशोधन’ विधेयकमाथिको प्रतिनिधिसभाको समयावधि थप गर्ने प्रस्तावमा संशोधन प्रस्ताव पेश गर्दै उहाँले पञ्चायती व्यवस्थामा जस्तै पदमै बसेर निर्वाचनमा उम्मेदवारी अहिले गणतन्त्रमा पनि आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पञ्चायतको ३० वर्ष पनि पदमा बसेर चुनाव लड्ने कुराको हामीले विरोध गर्यौं, त्यसपछि बहुदल र गणतन्त्र आयो । अहिले गणतन्त्रमा पनि सरकारमै बसेर चुनाव लड्ने कुरा आयो त्यसकारण पञ्चायत र गणतन्त्रमा के फरक छ ?”

पात्र फरक भए पनि काम भने उही हुने गरेको उहाँको भनाइ थियो । निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन सरकार गठन हुने र प्रतिनिधिसभाको अन्त्य हुने भनी लेखिएको भए अहिले आएर यस्तो समस्यै नहुने उहाँले बताउनुभयो ।