२७ भाद्र २०८३, शनिबार
,
Latest
भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टेलिभिजनहरुको भविष्य र यथार्थ



अ+ अ-

२०५९ सालदेखि म निरन्तर टेलिभिजन विधामा छु । याे विधामा काम गरेकाे १९ वर्ष भइसके । यस अवधिमा धेरै कुरा सिक्न पाइयाे तर मैले यस अवधिकाे विश्लेषण गर्दा नेपाली टेलिभिजनको आर्थिक अवस्थामा खासै सुधार आएको देखिँदैन । 

कारणहरु विभिन्न हुन सक्छन् I नेपालमा  टेलिभिजनको सुरुवात २०४२ देखि र नेपालमा केबल वितरणको अभ्यास भनेको करिब २०५३  देखि सुरुवात गरिएको हो । त्यस यताका दिनहरुमा टेलिभिजनहरु प्रसारकहरुले प्रसारण गरिदिएको भरमा धन्य हुनु पर्ने हुन्थ्यो । 

सीमित केबलको फ्रिक्वेन्सी भएका कारण सीमित संख्यामा मात्र टेलिभिजनहरु वितरण गर्न सकिन्थ्यो ।  करिब करिब भारतीय सिनेमा र टेलिभिजनहरुको सुरुवात र नेपाली टेलिभिजन र सिनेमा उद्याेगको सुरुवात एकै पटक जस्तो समयमा सुरु भएको पाइन्छ । त्यो समयमा नेपालमा पनि नेपाल टेलिभिजन मात्र प्रसारणमा‌ थिए । 

सुरुवातदेखि विदेशी च्यानलहरु नै प्राथमिकतामा रहेको उतिबेला देखि हालसम्म पनि नेपाली टेलिभिजनहरु छायाँमा नै पारिए र पारिँदै आएको पाइन्छ । त्यसताका देखि नेपालमा केबल डिजिटलाइजेसन नहुन्जेलसम्म नेपालका साना केबल व्यवसायीहरुको नियन्त्रणमा नेपाली टेलिभिजनहरु थिए र हाल डिजिटलाइजेसन पश्चात साना केबल व्यवसायीहरु बिस्थापित जस्तै भएको अवस्था हो र हाल एमएसो, डिटिएच,आईपिटिभि र ओटिटि यो व्यवसायको सतहमा छन् । नेपालमा विभिन्न व्यवस्था र कानुनहरु निर्माण भए तर नेपाली टेलिभिजनहरुको  अवस्थामा कुनै परिवर्तन भएन । हालसम्म आइपुग्दा नेपाली टेलिभिजनहरु  बितरकको अधीनमाखनै छन् । 

अहिले पनि यो क्षेत्रमा व्यवसायीकरुपमा आउन चाहनेहरूका लागि समग्र वितरण प्रणाली बाधक नै बन्दै आएको पाइन्छ । क्लिन फिड नीति पश्चात नेपालमा टेलिभिजनहरुमा विज्ञापन बजारमा वृद्धि हुने आश गरिएको थियो तर रू. १४ अर्बको विज्ञापन बजार भनिए पनि यस्को ग्राफ हाल घट्दो अवस्थामा छ ।

यसका पछाडि थुप्रै कारणहरु रहेका छन् जुन मुख्यरुपमा समय सुहाउँदो प्रविधिको अवलम्बन गर्न नसक्नु  र सीमित बजार नै रहेका छन् । भारतीय टेलिभिजनको अभ्यासला‌इ हेर्ने हो भने सधै उनीहरुले त्यहाँ कला र कलाकारहरुलाई जगेर्ना गर्ने काम गरे । जसबाट उनीहरुले टेलिभिजनको खुराकका‌ रुपमा टेलिभिजन कार्यक्रमहरु उत्पादन गरि निरन्तर दर्शकहरु होल्ड गर्न सफल भए र हरेक टिभिहरुले एउटा समूह बनाएर समय सुहाउँदो ओटिटि प्लेटफर्म तैयार गरि तिनै कलाकार जो ओझेलमा परेका थिए, तिनिहरुलाई अवसर प्रदान गरेर विभिन्न सिरिजहरु र फिल्महरु निर्माण गरि टेलिभिजनका‌ पपुलर कार्यक्रमहरु नीजि ओटिटिमार्फत बेचेको पाइन्छ । 

भारतीय टेलिभिजन उद्याेगमा नयाँ टेलिभिजन आउने क्रम रोकिएको करिब दश वर्ष भयो, तर ठीक विपरीत नेपाली टेलिभिजन उद्याेगको कुरा गर्ने हो भने यहाँ टेलिभिजन खोल्ने होडबाजी चल्यो । कति च्यानलहरु बन्द भए, कति नाजुक आर्थिक अवस्थामा छन्, विदेशी ओटिटि र सामाजिक सन्जालमा फलोअर्स र भ्यू बढाउन पुरा जनशक्ति प्रयोग भएको पाइन्छ । खै कस्ले नेपाली टेलिभिजनहरुलाई आफ्नो खुट्टामा हिँड्न सिकाउने ?

नेपाली टेलिभिजनहरुले कार्यक्रम उत्पादन भन्दा राजनीतिक विषयवस्तुलाई प्राथमिकतामा राखेर टेलिभिजनहरु संचालनमा ल्याएको पाइन्छ जसका कारण नेपालमा न्युज च्यानलको मात्र संख्यामा वृद्धि भएको पाइन्छ । केही विदेशी फ्रेन्जाइज सो हरु त अहिले अभ्यासमा छन् तर बजार सानो भएका कारण त्यसले प्रख्याति त कमायो तर टेलिभिजनको आर्थिक अवस्थामा असर पुर्याएको पाइन्छ । नेपाली टेलिभिजन व्यवस्थापन ले बेलैमा नसोच्ने हो भने धेरै टेलिभिजनको भविष्य अन्धकार नै देखिन्छ ।  जति नै बहस छलफल गरे पनि  कानुन निर्माण गरे पनि यथार्थ फरक छ ।

नेपाली टेलिभिजनहरुको विकासका लागि समानुपातिक वितरण प्रणालीमा घनिभूत छलफलको आवश्यकता देखिन्छ । विगत २५ वर्षदेखि हालसम्म पनि नेपाली बितरकहरुले मासिक रुपमा नेपाली च्यानल देखाए बापत मासिक रकम उठाउँदै आएका छन् । तर उनीहरुको नजरमा कहिल्यै नेपाली टेलिभिजनहरुको महत्वको बारेमा  छलफल गर्ने समय भएन र टेलिभिजनले पनि यो विषयलाई उजागर गर्ने हिम्मत कहिल्यै गर्न सकेनन् । अहिले पनि बितरकहरुले नेपाली टेलिभिजनलाई प्रसारण गरिदिएको भरमा धन्य हुनुपर्ने अवस्थाको निरन्तरता यथावत छ ।

बिदेशी च्यानलहरुलाई मासिक कराेडौं रुपैयाँ तिर्न तैयार नेपाली बितरकहरु नेपाली टेलिभिजनलाई प्रति बक्स १५/३० रुपैयाँ तिर्नुपर्छ भन्यो भने कहिल्यै सहमत नहुने अवस्था छ । यसको लागि टेलिभिजनहरुले यो सम्भव बनाउन एकढिक्का हुन जरुरी छ । बितरकको स्वार्थमा यदि नेपालमा टेलिभिजनहरु पे भए भने फेरि पनि टेलिभिजनहरुको भविष्य अन्धकारमय हुने निश्चित छ । यसैको खेलमा केहि ठूला बितरक नबुझिने गरि लागिपरेको पाइन्छ ।

नेपाली टेलिभिजनहरुले एकढिक्का भई यो अभियानमा लागेर आफ्नो गुणस्तर वृद्धि गरि सिग्नललाई नियन्त्रणमा राख्नु पर्ने बेला‌ आएको छ । एउटा साझा संकल्प र धारणा बनाएर कमन ओटिटि  प्लेटफर्म मार्फत आफ्ना कार्यक्रमहरुको प्रवर्द्धन गर्न जरुरी छ । आन्तरिक रुपमा कार्यक्रम उत्पादन र गुणस्तरलाई प्रतिस्पर्धात्मक बनाएर सोही आधारमा आयमुलक बनाउन जरुरी छ ।  जय नेपाली टेलिभिजन !!