८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा



अ+ अ-

कमलामाई (सिन्धुली): सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ आइपुग्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट आइपुग्नुभएको हो ।

उहाँहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गर्नुभयो । रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उहाँहरूले सो कामको निरीक्षणसमेत गर्नुभएको छ ।

अहिले उहाँले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल जारी राख्नुभएको छ । मन्त्रीहरु सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको जनाइको छ । रासस