२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ: मन्त्री कार्की



file
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकारात्मकरूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने उल्लेख गर्नुभयो ।

मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले हिजो संविधान र लोकतन्त्र जोगाउनकै लागि गठबन्धन बनेको बताउनुभयो । “गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ । गठबन्धन कसैका विरुद्ध बनेको होइन”, उहाँले भन्नुभयो ।

आगामी मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । फरक प्रसङ्गमा उहाँले अबको १० वर्षमा नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाउन तथा दक्षिण एसियाकै धनी राष्ट्र बनाउन आफूहरूले काम गरिरहेको उल्लेख गर्नुभयो ।