हेटौँडा । चेपाङहरूको पर्व न्वागी ‘छोनाम’ को अवसरमा वागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले बुधबार धादिङ, चितवन र मकवानपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमबार सूचना प्रकाशित गरी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिदाको जानकारी दिएको छ ।