१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

भोलिदेखि साफ महिला च्याम्पियनसिप: उपाधि लैजान दिँदैनौं– नवनियुक्त कप्तान तुम्बापो (फोटोफिचर)

भोलिदेखि साफ महिला च्याम्पियनसिप: उपाधि लैजान दिँदैनौं– नवनियुक्त कप्तान तुम्बापो (फोटोफिचर)
अ अ+ अ-

काठमाडौँ । नेपालमा मंगलवारबाट आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताउनुभएको छ ।

काठमाडौंमा सोमवार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता उपाधि जित्नलाई प्रयास गर्ने बताउनुभएको हो । मंगलवारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्ल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपनि कप्तानको आर्मब्याड पाउनुभएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताउनु भयो ।

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमी कमजोरी घटाएर राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य लिएको बताउनु भयो । सात साताको अभ्यास पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताउनु भयो ।

अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छ्रैन । भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको नेपालको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च भएको बताउनु भयो । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताएपनि प्रतिष्पर्धात्मक खेल हुने बताउनु भयो । नेपाली समर्थकमाझ खेल्न मानसिक रुपमा कठिन हुने र अनुभव कम भएपनि राम्रो खेल्न प्रयास गर्ने बताउनु भयो ।

यस्तै अन्य टोलीले पनि साफल महिला च्याम्पियसिपका लागि तयारी राम्रो गरेको र प्रतिष्पर्धात्मक खेलका तयार रहेको प्रतिक्रिया दिए । मंगलवार हुन प्रतियोगितामा पाकिस्तान ८ वर्षपछि सहभागिता जनाउँदै छ । यो संस्करण साफका सबै देशले सहभागिता जनाउँदै छन् । उद्घाटन खेल खेल्न लागगेको नेपाल महिला साफको पाँच संस्करणमा उपविजेता बनेको हो ।

नेपाल विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एशियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदै छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन् ।

समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।