• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

नेपाली महिला राष्ट्रिय टिमको कप्तानमा एन्जिला नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानमा गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा नियुक्त भएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई महिला साफ च्याम्पियनसिपका लागि औपचारिक रूपमा कप्तान घोषणा गरेको हो ।

कप्तान रेनुका नगरकोटे घाइते भएपछि एन्जिलालाई यो अवसर जुरेको हो ।

रेनुकाको एसियन गेम्सको तयारीका क्रममा बायाँ ब्युटिबोन भाँचिएर शल्यक्रिया गरिएको थियो ।

नेपालका लागि एन्जिलाले अहिलेसम्म ३१ क्याप जितेकी छिन् ।