८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गबहादुर राणाको तलब कति थियो ? त्यो बेला एक रुपैँयामै २२ माना मसिनो चामल आउँथ्यो !



अ+ अ-

एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए। सुन्दरी, शिकार र अफिमका सौखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ । निरंञकुशताका प्रतीक जङ्गबहादुरले सैन्य संगठन र युद्धञकौशलमा आफ्नो खुबी देखाए, भोट विजय भयो। नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए।

देशका लागि यस्ता कतिपय महत्व्रपूर्ण र राम्रा काम पनि जङ्गञबहादुरले गरे । श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरको तलबचाहिँ कति थियो तरुयस जिज्ञासा समाञधान हुने सामग्री नेपाली आर्थिक इतिञहासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पाञदनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट’ शीर्षकमा जङ्गबहादुर लगायत उनका भाइहरू, त्यस बेलाका गुरु पुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी ९तलब० को विवरण दिइएको छ। यो तलबमान वि.सं. १९१० को हो ।

जङ्गबहादुरलगायत केही राणाको तलब यस्तो छ :

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणा रु. ८३,६२०/

कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/-

 जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/- 

जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१० /-

 जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/-

 जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/- 

जनरल (कपर्दार) भक्तवीर कुँवर राणा. रु. १९,००१/-

त्यो तलबको वर्तमान मूल्य – रेग्मी रिसर्च सेरिज ९ वर्ष ८, अंक १: १९० मा सन् १८५२ (विसं १९०८) को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ। त्यो समयको खाद्यञवस्तुको मूल्यदर अनुसार जङ्गञबहादुरले पाउने गरेको त्यो तलबञमानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ।

त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो । यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।

यहाँ नेर जङ्गञबहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्य अनुसार मूल्यांकन गरौं। अहिले डीञडीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ। एक लिटर बराञबर एक किञलोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ।

यसञअनुसार त्यस बेला एक रुञपैयाँमा आञउने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ। यसञअनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जङ्गञबहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०/- को अहिलेको मूल्य रु. १५,०५,१६०००/- हुन आउँछ। यसअञनुसार विसं १९१० मा जङ्गबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००/- थियो ।

(एजेन्सीको सहयोगमा)