५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवाज अलि ठूलो भयो होला, तर आफ्नो ड्यूटी गर्नैपर्‍यो : शेरजंग गुरुङ



अ+ अ-

काठमाडौँ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा मिलाउँदा ‘गल्ती’ गरेका सुरक्षा गार्ड शेरजंग गुरुङ अहिले प्रहरी हिरासतमा छन् ।

हिरासतमै पुगेर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेट गरेका छन् । लामिछानेले भेटघाटको तस्बिर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् । भेटमा लामिछानेले कानून सबैलाई बराबर हुनुपर्ने भन्दै कानून लागु गरेकामा उनलाई धन्यवाद दिन गएको बताएका छन् ।

भेटमा सुरक्षा गार्ड गुरुङको भनाई उद्धृत गर्दै लेखेका छन्, “गुरुङको छोरो, आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन ।”

उनले आफूले मन्त्रीलाई नचिनेको समेत बताएका छन् । यद्यपि गुरुङले मन्त्री भएर चिनेकै भए पनि आफ्नो ड्युटी पूरा गरेको बताए । लामिछानेले गुरुङलाई ससम्मान रिहा गर्न माग गरेका छन् ।

लामिछानेले भनेका छन्, “उहाँलाई दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानून नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।”

पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्न लगाउँदा उत्पन्न विवादपछि गुरुङलाई पक्राउ गरी हिरासतमा लिइएको थियो ।

फोटो- दिपक बोहोराको फेसबुकबाट