१३ पुष २०८१, शनिबार
,
Latest
आर्सनल प्रीमियर लिगको दोस्रो स्थानमा उक्लियो ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प सुदूरपश्चिमको प्रसिद्ध राजकाँडा जालपादेवी, तीर्थसँगै प्राकृतिक सुन्दरतासँग मिलन (फोटो फिचर) बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल पशुपतिको सुनको जलहरीमा भ्रष्टाचार पुष्टि भएन बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न घरदैलो अभियान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ ।

डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्नुहुन्छ, ‘डेङ्गी नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ ।’

महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेङ्गी रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ । घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइन्छ ।

आजबाट प्रयोगशाला भएका वडाहरुमा ¥यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुदैछ । यसरी परीक्षण सुरु हुने ठाउँहरु रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।