• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

लिङ्देनले उच्च नैतिकता देखाए, देउवाले सम्बोधन गरुन : चन्द्र भण्डारी



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको सम्बोधन र नैतिकताको प्रश्नलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा नेता भण्डारीले प्रधानमन्त्री देउवाले प्रजातान्त्रिक प्रणालीको सम्मान गर्नु राम्रो पक्ष हुने बताउनुभएको छ । प्रजातन्त्रको सुन्दर पक्ष नै नैतिक मूल्यल्यमान्यतालाई बलियो बनाउने हो भन्दै उहाँले प्रजातन्त्रको पराजय नै व्यवस्थामाथिको प्रश्न भएको बताउनुभयो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभालाई आगामी मंसिर ४ गतेसम्म लम्ब्याउने कुरा आएपछि आफूलाई लज्जाबोध भएकाले सांसद पदबाट राजीनामा घोषणा गर्नुभएको थियो ।

“यस्तो अनैतिक काममा सहभागी हुन मेरो अन्तरआत्माले मानेन”, उहाँले भन्नुभएको थियो, “संसदबाट प्राप्त हुने तलब भत्ता र सुविधा सबै त्याग गर्न म आज सदनमा उपस्थित भएको छु, यहीँबाट म आजदेखि सांसदका रुपमा यहाँ उपस्थित हुने छैन ।”