६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको ऐतिहासिक टक्सार बजारका सम्पदा संरक्षणको पखाईमा



भत्काउँदै गरेको भोजपुरको ऐतिहासिक टक्सार बजारको कलात्मक घर । एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व मेटिँदै गएको छ । तस्बिर : युवराज विष्ट/रासस
अ+ अ-

टक्सार । भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर संरक्षणको पखाईमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था उस्तै रहेको छ । नेपालको एक मात्र टक काटनेस्थल टक्सारमा २० भन्दा बढी धार्मिकस्थल छन् ।

जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत मठमन्दिर तथा बिहार छन् । संरक्षण र रेखदेखको अभावमा यहाँका मठमन्दिरमा हिजोआज पूजाआजा गर्ने तीर्थालु भक्तजनको कमी भएको छ ।

पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्व बोकेका यहाँका मठमन्दिर जीर्णोद्वार हुन नसक्दा बेवारिसे बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाइ छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिर तथा धार्मिकस्थल अहिले स्थानीयवासीको विस्थापन र संरक्षणका कारण जीर्ण बन्दै गएका हुन ।

सरोकारवाला निकायले पनि ध्यान नदिनु र स्थानीय विस्थापनको लहर बढन थालेपछि टक्सारका सम्पदा झन ओझेलमा परेको शाक्यले बताउनुभयो । “धार्मिक तथा सांस्कृतिक महन्व बोकेको पाटनको जति महत्व छ, भोजपुरको टक्सारमा रहेका मठमन्दिरको पनि उति नै महत्व छ”, शाक्यले भन्नुभयो । टक्सारका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट पनि सहयोग हुनुपर्ने टक्सारवासीको माग रहेको छ ।

इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजना निर्माणसहित अगाडि बढनु जरुरी देखिएको स्थानीय बिमल रणपहेलीको धारणा छ । “टक्सारबाट विस्थापन हुने क्रम रोक्दै, टक्सारको विकासका लागि एकल भन्दा पनि सामूहिक प्रयासको खाँचो छ”, रणपहेलीले भन्नुभयो ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वसँग जोडिएका यहाँका मठमन्दिरको दुर्दशाप्रति सम्बन्धित स्थानिय सरोकारवाला निकायकै ध्यान पुग्न नसकेको यशोधरा माध्यामिक बिद्यालय टक्सारका शिक्षक अमृका ताम्राकारको भनाइ छ । टक्सारका यस्ता ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानिय मात्र होइन स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु जरुरी रहेको शिक्षक ताम्राकार बताउनुहुन्छ ।

भोजपुर नगरपालिकाको वडा नम्वर १२ मा टक्सार रहेको छ । यहाँको लाखे जात्रा, धातुका सामाग्री, संस्कार तथा संस्कृति अन्य ठाउँका तुलनामा फरक छन । यस्तो बजारको संरक्षणमा वडाबाट मात्र सम्भव नहुने वडाध्यक्ष देवी कार्कीको धारणा छ । वडाध्यक्ष कार्कीले भन्नुभयो, “टक्सार विकासका लागि सबै पक्ष बसेर खाका तयार गरौ, सोही अनुसार अगाडि बढौ ।”