२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइटीका भूकम्पपीडितका लागि ब्राजिलले सहायता सामग्री पठायो



अ+ अ-

रियो डि जेनेरियो । गत अगस्त १५ मा हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला ब्राजिलले त्यहाँका भूकम्प पीडितका लागि सहायता पठाएको छ । 

ब्राजिलले आइतबार यहाँका भूकम्पपीडितका लागि भन्दै जहाजमा सहायता पठाएको  छ । सो सहायता प्रायः खाद्यान्न र लत्ता कपडा रहेको ब्राजिलले जनाएको छ । 

हवाई जहाजमा खाद्यान्न, औषधि र लत्ताकपडा पठाइएको बताइएको छ । साथै ब्राजिलले उद्धारकर्मी पनि सो जहाजमा पठाएको जनाएको छ । ब्राजिलका अधिकारीले दिएको जानकारीअनुसार हाइटीमा भूकम्पको उद्धारका लागि ३२ जना अग्नि नियन्त्रण विशेषज्ञहरुलाई पनि पठाइएको बताइएको छ । 
    
यहाँको भूकम्पबाट आइतबारसम्ममा दुई हजार २०० भन्दाबढी नागरिकको ज्यान गएकोे नागरिक सुरक्षा निकायले जानकारी दिएको छ । यहाँ भूकम्पबाट भएको क्षतिका बारेमा अनुसन्धान भइरहेको छ । साथै उद्धारको काम पनि जारी रहेको बताइएको छ ।  

यस भूकम्पको केन्द्रबिन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् । 

यस प्रकोपका कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी एजेन्सी, युनिसेफले जनाएको छ । हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकालको पनि घोषणा गरेको छ ।

हाइटीमा यसअघि पनि सन् २०१० को जनवरीमा गएको ७ रेक्टर स्केलको भूकम्प गएको थियो । यहाँको पोर्ट–ओ–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो । 

उक्त भूकम्पमा परी कम्तीमा पनि दुई लाख मानिसको ज्यान गुमेको बताइएको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाइटीवासी घरबारविहीन भएका थिए ।

हाइटीमा १० वर्षअघि यसरी क्षति पुगेका संंरचनाहरुमध्ये कतिपयको अहिले पनि राम्रोसँग पुनःनिर्माण गर्न सकिएको छैन । 




भर्खरै