२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा वीरेन्द्र त लाइन् बस्थे,गणतन्त्रका राजाहरुलाई नपर्ने ?



अ+ अ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शुक्रबार बिहान करिब सवा ९ बजे श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित ठमेलमा रहेको क्यानेडियन भिसा सेन्टरमा पुगे ।

उनी त्यहाँ पुग्दा त्यहाँ केही सेवाग्राहीको लाइन थियो, तर धेरै थिएनन् । माननीयलाई लाइनले के छेक्ने ? मन्त्रीको टोली लाइन मिचेर अघि बढ्यो । तर त्यस कार्यालयका सुरक्षा इन्चार्ज शेरजंग गुरुङले रोक्दै सामान्य नागरिकजस्तै लाइनमा बस्न भने । गुरुङ सेनाबाट अवकाशपछि गरुड सेक्युरिटिजमा आबद्ध छन् । कम्पनीले उनलाई भिसा सेन्टरको सुरक्षा इन्चार्ज बनाएर खटाएको थियो । ड्यटीमा खटिएका उनलाई आफ्नो ड्युटी गर्नु भनिएको छ र उनले आफ्नो धर्मको पालना गर्नुपर्छ नै । एकजना ड्युटी अफिसरले त्यही गरे ।

तर उनको इमान्दार ड्युटी मन्त्रीलाई पचेन । उनी फेरि अगाडी बढ्न मात्र खोजेनन् आफ्नो साथका कर्मचारीले हुल हुज्ज्त नै गर्न थाले । त्यसपछि अवस्था एकछिन तनावपूर्ण जस्तै भयो । अन्तत मन्त्रीले सुविधा पाए । लाइनबिनै सेवा लिएर निस्किए ।

मन्त्रीले यतिमात्र गरेनन्, अर्को महान काम के गरे भने आफूलाई लाइनमा बस्ने अनुशासन सिकाउने सुरक्षा गार्डलाई नै पक्राउ गर्न सीधै गृह मन्त्रालयलाई भने । आफ्ना सुरक्षा गार्ड प्रयोग गरे र उजुरी हाले । अहिले ती सुरक्षा गार्ड प्रहरी थुनामा छन् ।

यो विषयले अहिले सामाजिक सञ्जालमा बडो चर्चा छाएको छ । चर्चा यस विषयमा छ कि मन्त्रीले एकजना सुरक्षा गार्डलाई पक्राए । क्या बहादुरी ! हिजोदेखी सर्वत्र मिडियामा मन्त्रीको निन्दा छाएको छ भने श्रमजीवी बर्गप्रति सहानुभूति । अनि मन्त्रीलाई लाइनमा बस्नु भन्ने सुरक्षा गार्डको वाहवाही ।

एकजना पूर्व सचिव द्वारिकानाथ ढुंगेलले आफ्नो फेसबुक पेजमा लेखेका छन्– ‘लाइनमा बस्नुपर्ने नियम तोडेर मान नमान मै तेरा मेहमान भन्ने उखान चरितार्थ गरेर ड्यूटी पुरा गर्ने गार्डलाई थुनाउने काम नेपाल भन्ने देशमा मात्र हुँदोरहेछ ।’
तर यही देशमा कूलशेखर शर्मा भन्ने एकजना मुख्य सचिव थिए, जसले कार्यालयमा काम गरिरहँदा समय भिडेको थाहा पाएनन् । सिंहदरवारको ढोका बन्दभयो । अनि मुख्यसचिव शर्माजीले आफैले मूख्यसचिव हुँ भन्ने परिचय दिनुको सट्टा सिंहदरवारको सुरक्षाको जिम्मा लिने संयन्त्रको प्रमुखलाई खवर गरी ढोका खुलाएर घर गएको कुरा उनकै मुखबाट सुनेको थिएँ ।

एकपटक राजा बीरेन्द्रलाई पनि ड्यूटीमा बसेको सुरक्षाकर्मीले आफ्नो तोकिएको काम सम्पादन गर्ने क्रममा रोकेछ । राजा रिसाउनुको सट्टा ड्यूटीमा बसेकाको भनाई मान्न पुगेछन् र पछि ड्यूटी पुरा गर्नेलाई उनले पुरस्कृत गरे भन्ने कुरा सुनिएको थियो ।

यस्तो कुरा सुनेको हामीजस्ताले कर्तब्य निर्वाह गर्नेलाई लाइनमा बस्ने नियम तोड्ने मन्त्रीले थुनाएको संजालमार्फत पढ्न र सुन्नुपर्यो । हे भगवान, छ महिने मन्त्री त राजाभन्दा पनि ठूला भएछन् । उनलाई नियम मान्नु नपर्ने रहेछ । यो पढनु हुनेले बिचार गर्नुहोस है, मन्त्रीलाई देख्नासाथ श्री ३ महाराजालाई बाटो छोड़ेझैँ लाइन छोडनुहोस नभए पकडाउ खानुहोला ।

पूर्व सचिव ढुंगेलको यो पोष्टमा प्रतिक्रिया हेर्न लायक छन् । मन्त्रीले राम्रो गरे भन्ने कोही छैनन् बरु उनलाई नै कारबाही गर्नुपर्ने आवाज अझै बुलन्द छ । राजा वीरेन्द्रले त लाइन बस्थे भने अहिलेको गणतन्त्रका राजाले नपर्ने रहेछ ? धेरै कमेन्ट यस्तै छन् ।

समिक्षक एबं संञ्चारकर्मी केदार शर्मा लेख्नुहुन्छ मन्त्रीको घिनलाग्दो बलमिचाइँको एउटा पुरानो कथा -२०२८ सालतिर होला, थापाथली बागमतीमा फलामे पुल मात्र हुँदा आधा पुल काटिसकेका चीफ इन्जिनियर वीरेन्द्रकेशरी पोखरेललाई मन्त्री केदारमान व्यथितले गाडी फर्काउन भने।

पोखरेल मानेनन्, बरु गाडी त्यहीँ छाडेर पैदल गए र राजीनामा दिए।