२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

हाइटीका भूकम्पपीडितका लागि ब्राजिलले सहायता सामग्री पठायो

हाइटीका भूकम्पपीडितका लागि ब्राजिलले सहायता सामग्री पठायो
अ अ+ अ-

रियो डि जेनेरियो । गत अगस्त १५ मा हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला ब्राजिलले त्यहाँका भूकम्प पीडितका लागि सहायता पठाएको छ । 

ब्राजिलले आइतबार यहाँका भूकम्पपीडितका लागि भन्दै जहाजमा सहायता पठाएको  छ । सो सहायता प्रायः खाद्यान्न र लत्ता कपडा रहेको ब्राजिलले जनाएको छ । 

हवाई जहाजमा खाद्यान्न, औषधि र लत्ताकपडा पठाइएको बताइएको छ । साथै ब्राजिलले उद्धारकर्मी पनि सो जहाजमा पठाएको जनाएको छ । ब्राजिलका अधिकारीले दिएको जानकारीअनुसार हाइटीमा भूकम्पको उद्धारका लागि ३२ जना अग्नि नियन्त्रण विशेषज्ञहरुलाई पनि पठाइएको बताइएको छ । 
    
यहाँको भूकम्पबाट आइतबारसम्ममा दुई हजार २०० भन्दाबढी नागरिकको ज्यान गएकोे नागरिक सुरक्षा निकायले जानकारी दिएको छ । यहाँ भूकम्पबाट भएको क्षतिका बारेमा अनुसन्धान भइरहेको छ । साथै उद्धारको काम पनि जारी रहेको बताइएको छ ।  

यस भूकम्पको केन्द्रबिन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् । 

यस प्रकोपका कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी एजेन्सी, युनिसेफले जनाएको छ । हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकालको पनि घोषणा गरेको छ ।

हाइटीमा यसअघि पनि सन् २०१० को जनवरीमा गएको ७ रेक्टर स्केलको भूकम्प गएको थियो । यहाँको पोर्ट–ओ–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो । 

उक्त भूकम्पमा परी कम्तीमा पनि दुई लाख मानिसको ज्यान गुमेको बताइएको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाइटीवासी घरबारविहीन भएका थिए ।

हाइटीमा १० वर्षअघि यसरी क्षति पुगेका संंरचनाहरुमध्ये कतिपयको अहिले पनि राम्रोसँग पुनःनिर्माण गर्न सकिएको छैन ।