• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

भारतीय स्थल सेनाध्यक्ष पाँडेलाई मानार्थ महारथीको दर्जा



नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान  गरिँदैछ ।

राष्ट्रपति भवन शीतल निवासमा गरिने विशेष समारोहमा जनरल पाँडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

पाँच दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष पाँडे आइतबार नेपाल आउनु भएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

साथै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग द्वीपक्षीय विषयमा छलफल हुनुका साथै नेपाली सेनाका लागि केही बन्दोबस्तीका सामान हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ ।