• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता) ★   रास्वपा संसदीय दलको बैठक: बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल

पदयात्राका सौखिनको गन्तव्य थोरङ्ला पास-फोटो फिचर



समुद्री सतहबाट पाँच हजार ४१६ मिट उचाइमा रहेको थोरङ्ला पास पुग्दा जो कोहीलाई रोमाञ्चक अनुभूति हुने गर्छ । देशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने थोरङ्ला पास पार गर्न विश्वभरबाट बर्सेनि हजारौँ पर्यटक नेपाल आउँछन् ।

अझ पदयात्राका सौखिनका लागि त यो पास पार गर्नु प्रतिष्ठाको विषयसमेत हुने गर्छ । यो पास पार गर्नेहरुले आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्येको एक हो भने यही पदमार्गमा थोरङ्ला पास पनि पर्दछ ।

थोरङ्ला पास पुगेपछि वरिपरि सेताम्य हिमाल देख्न सकिन्छ । यहाँबाट आफू उभिएको ठाउँबाट चारैतिर अर्थात ३६० डिग्रीमै लहरै हिमाल देखिन्छ । पर्यटकहरु हिमाल हेरेपछि दङ्ग पर्छन् भने हिमाली हावाको सुगन्ध, वातावरण र एकान्तपनले मोहित हुने गर्छन् ।

भौगोलिकरुपमा पुग्न कठिनाई भए पनि प्राकृतिक मनोरमका कारण यहाँ पुगेपछि जो कोहीको मन प्रफुल्लित हुन्छ । पदमार्गलाई अहिले मोटर बाटोले छोएको छ । त्यसैले पर्यटकलाई थोरङ्ला पुग्न केही सहजसमेत भएको छ । अशक्तका लागि घोडाको समेत व्यवस्था छ ।

जडीबुटी, फूल र जैविक विविधताले धनी मनाङमा पर्ने थोराङ्ला पासमा जंगली भेडा ९ब्लु सीप० पाइन्छ । मनाङकै नार र फूमा भने कस्तुरी र नाउर पनि पाइन्छ ।

यो पास पुग्न लमजुङको बेँसीसहर हुँदै खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास पुग्न सकिन्छ । लमजुङको बेँसीसहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वार समेत हो ।

थोराङ पास पुग्न पर्यटकलाई सहज होस् भनेर विभिन्न स्थानमा होटल निर्माण गरिएको भए पनि पर्यटकको चाप धान्न ती पर्याप्त छैनन् । पर्यटकहरु तिलिचो तालमा पुग्ने गरेको भए पनि प्रचारप्रसारको अभावले थोराङ पास पुग्न सकेका छैनन् ।

पहिला बेँसीसहरबाट करिब २० दिनको पैदल यात्रामा पार गर्न सकिने थोराङ पास अहिले सवारी साधनको सहजताले ९ दिनमै पुग्न सकिन्छ ।

फोटो-नविन लामिछाने