२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

पदयात्राका सौखिनको गन्तव्य थोरङ्ला पास-फोटो फिचर

पदयात्राका सौखिनको गन्तव्य थोरङ्ला पास-फोटो फिचर
अ अ+ अ-

समुद्री सतहबाट पाँच हजार ४१६ मिट उचाइमा रहेको थोरङ्ला पास पुग्दा जो कोहीलाई रोमाञ्चक अनुभूति हुने गर्छ । देशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने थोरङ्ला पास पार गर्न विश्वभरबाट बर्सेनि हजारौँ पर्यटक नेपाल आउँछन् ।

अझ पदयात्राका सौखिनका लागि त यो पास पार गर्नु प्रतिष्ठाको विषयसमेत हुने गर्छ । यो पास पार गर्नेहरुले आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्येको एक हो भने यही पदमार्गमा थोरङ्ला पास पनि पर्दछ ।

थोरङ्ला पास पुगेपछि वरिपरि सेताम्य हिमाल देख्न सकिन्छ । यहाँबाट आफू उभिएको ठाउँबाट चारैतिर अर्थात ३६० डिग्रीमै लहरै हिमाल देखिन्छ । पर्यटकहरु हिमाल हेरेपछि दङ्ग पर्छन् भने हिमाली हावाको सुगन्ध, वातावरण र एकान्तपनले मोहित हुने गर्छन् ।

भौगोलिकरुपमा पुग्न कठिनाई भए पनि प्राकृतिक मनोरमका कारण यहाँ पुगेपछि जो कोहीको मन प्रफुल्लित हुन्छ । पदमार्गलाई अहिले मोटर बाटोले छोएको छ । त्यसैले पर्यटकलाई थोरङ्ला पुग्न केही सहजसमेत भएको छ । अशक्तका लागि घोडाको समेत व्यवस्था छ ।

जडीबुटी, फूल र जैविक विविधताले धनी मनाङमा पर्ने थोराङ्ला पासमा जंगली भेडा ९ब्लु सीप० पाइन्छ । मनाङकै नार र फूमा भने कस्तुरी र नाउर पनि पाइन्छ ।

यो पास पुग्न लमजुङको बेँसीसहर हुँदै खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास पुग्न सकिन्छ । लमजुङको बेँसीसहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वार समेत हो ।

थोराङ पास पुग्न पर्यटकलाई सहज होस् भनेर विभिन्न स्थानमा होटल निर्माण गरिएको भए पनि पर्यटकको चाप धान्न ती पर्याप्त छैनन् । पर्यटकहरु तिलिचो तालमा पुग्ने गरेको भए पनि प्रचारप्रसारको अभावले थोराङ पास पुग्न सकेका छैनन् ।

पहिला बेँसीसहरबाट करिब २० दिनको पैदल यात्रामा पार गर्न सकिने थोराङ पास अहिले सवारी साधनको सहजताले ९ दिनमै पुग्न सकिन्छ ।

फोटो-नविन लामिछाने