५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ कांग्रेसमा नाम सिफारिसमा भाँडभैलो, शेखर कोइराला सर्वसम्मत भएनन्



file
अ+ अ-

मोरङ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारको नाम सिफारिसलाई लिएर नेपाली कांग्रेस मोरङमा भाँडभैलो देखिएको छ । मोरङका छ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारहरुको नाम सिफारिस भएपछि चरम असन्तुष्टी बढेको हो ।

क्षेत्रीय समितिले उम्मेदवारहरुको नाम जिल्लामा सिफारिस गर्दा पार्टीका नेता डा शेखर कोइराला सर्वसम्मत हुन सक्नु भएन । पार्टीको जिल्ला कार्यालयका अनुसार क्षेत्र नम्बर १ बाट ४ जना, क्षेत्र नम्बर २ बाट दुई जना, क्षेत्र नम्बर ३ बाट सर्वसम्मत एक जना, क्षेत्र नम्बर ४ बाट पाँच जना र क्षेत्र नम्बर ६ बाट चार जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ बाट नेता डा शेखर कोइराला सहित चार जना सिफारिस भएका छन् । यस क्षेत्रबाट डा कोइरालासँगै डा डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ बाट कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल, आरती बराल, जयधर्म आचार्यको नाम सिफारिस भएको छ ।

मोरङ क्षेत्र नम्बर २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइराला तथा क्षेत्र नम्बर ३ बाट डा शुनिल शर्माको नाम सर्वसम्मत भएको छ ।

क्षेत्र नम्बर ४ बाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदारको नाम सिफारिस भएको छ । अमृत अर्यालको नाम क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएको छ । क्षेत्र नम्बर ५ बाट अर्याल र हसन अन्सारीको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको छ ।

कांग्रेसमा नाम सिफारिस गर्दा पुरानै अनुहार दोहोरिएको भन्दै नयाँ पुस्तामा असन्तुष्टि बढेको छ ।