१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

राष्ट्रिय खेलकुद: एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण

राष्ट्रिय खेलकुद: एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण
अ अ+ अ-

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ ।

प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन् । गण्डकी प्रदेशले प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ । जिल्लास्तरीय छनोटपछि गण्डकीको खेलकुद परिषद्ले प्रादेशिक खेलकुद प्रतियोगिता गरी खेलाडी छनोट गरेको हो ।

करिब ४० वर्षपछि राष्ट्रिय खेलकुद गण्डकीमा हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्व दिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले धेरै पदक जित्ने लक्ष्य राखेको छ । प्रतियोगिताको एक महिना अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ गतदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेश परिषद्का सदस्य सचिव तेजबहादुुर गुरुङले बताउनुभयो ।

यसैगरी परिषद्ले पदकको बढी आशा भएका विभिन्न छ खेलका एक सय खेलाडीलाई मनाङमा दुई साताको उच्च पर्वतीय(हाइ अल्टिच्यूड) प्रशिक्षण दिने भएको छ । गण्डकीले राष्ट्रिय खेलकुदका स्वर्ण पदक जित्ने लक्ष्य राखेका भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फूलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाइअल्टिच्यूड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

सदस्य सचिव गुरुङले भन्नुभयो, “हामीले पदकको बढी आस गरेका खेलका खेलाडीलाई हाइअल्टिच्यूडमा ट्रेनिङ गराउनेछौँ, यसबाट खेलाडीको आत्मबल र इस्टामिना बढाउने छ, मनाङको प्रशिक्षणपछि पोखरामा खेल्दा नतिजा राम्रो गर्न सघाउ पुग्ने आकलन छ ।”

बढी उचाइमा गरिने खेल अभ्यास र प्रशिक्षणले खेलाडीको प्रदर्शन राम्रो गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सदस्य सचिव गुरुङले सरकारले खेलाडीलाई तोकेको दैनिक खर्चले मनाङमा अभ्यास गर्न अपुग हुने भएकाले त्यस क्षेत्रका होटल व्यवसायी लगायतसँग पनि सहयोगको आग्रह गरिएको बताउनुभयो । प्रदेश खेलकुदले जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि रु सात करोड ८५ लाख खर्च हुने अनुमान रहेको जनाएको छ । तयारीका लागि हालसम्म राखेपबाट रु ४९ लाख र प्रदेश सरकारबाट रु तीन करोड ४६ लाख निकासा भएको बताइन्छ ।

नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा प्रतियोगिताको तयारी स्वरुप खेलस्थलको टुङ्गो लगाउने अन्तिम तयारी भइरहेको छ । राष्ट्रियमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन हुने निर्णय राखेपले गरिसकेको छ । खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक एवं राखेपका सदस्य राजेशकुमार गुरुङले एक÷दुई खेल बाहेक सबै खेलको स्थल टुङ्गो लागि सके पनि प्राविधिकले अन्तिम निर्णय गरेपछि सार्वजनिक गरिने बताउनुभयो ।