२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा घोषणापत्रका लागि शुभेच्छुकसँग सुझाव आह्वान



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा–पत्रमा समावेशका लागि पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग सुझावको आह्वान गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणा–पत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपङ्क्तिलाई यही भदौ १५ गतेसम्ममा सुझाव दिन आह्वान गरेको थियो ।

पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेता–कार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझावसमेत दिइसकेको प्रचार विभागका सचिव गगन विष्टले बताउनु भएको छ ।

एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझावको आह्वान गरेको छ ।

एमालेप्रति सद्भाव राख्नुहुने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिनुहुन आह्वान गरिएको विष्टले बताउनु भएको छ ।

सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत् सुझाव पठाउन चाहनेहरूले आफ्ना सुझाव [email protected] इमेल ठेगानामा पठाउन आह्वान गरिएको छ ।