१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता पल शाहविरुद्ध तनहुँमा करणीको जाहेरी दर्ता



अ+ अ-

तनहुँ । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दर्ता भएको छ। 

नाबालिग गायीकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै शाहविरुद्ध जाहेरी दर्ता भएको हो । 

सो गायिकाले उजुरी दिन सक्ने भन्दै शाहले उनलाई आफूसँगसँगै लिएर हिँडेका थिए । तर, उनी बुधबार घर जान्छु भनेर पोखरा पुगेको र त्यहाँबाट पारिवारिक सल्लाह गरेर तनहुँ पुगेर जाहेरी दर्ता गराएकी हुन् ।

शाह र गायिकाले यो विषयलाई मिलाउनको लागि गरेको कुराकानीको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ । 

उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन् । 

यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दर्ताको प्रयास भएपनि कास्कीले आफ्नो कार्यक्षेत्र नपरेको भन्दै एक महिना अगाडि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाव दिएको थियो ।

नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार ठहर्छ ।