६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता पल शाहविरुद्ध तनहुँमा करणीको जाहेरी दर्ता



अ+ अ-

तनहुँ । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दर्ता भएको छ। 

नाबालिग गायीकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै शाहविरुद्ध जाहेरी दर्ता भएको हो । 

सो गायिकाले उजुरी दिन सक्ने भन्दै शाहले उनलाई आफूसँगसँगै लिएर हिँडेका थिए । तर, उनी बुधबार घर जान्छु भनेर पोखरा पुगेको र त्यहाँबाट पारिवारिक सल्लाह गरेर तनहुँ पुगेर जाहेरी दर्ता गराएकी हुन् ।

शाह र गायिकाले यो विषयलाई मिलाउनको लागि गरेको कुराकानीको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ । 

उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन् । 

यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दर्ताको प्रयास भएपनि कास्कीले आफ्नो कार्यक्षेत्र नपरेको भन्दै एक महिना अगाडि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाव दिएको थियो ।

नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार ठहर्छ ।