५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्रसँगको बयान लम्बिदै, भदौ २६ गते अर्को बयान



अ+ अ-

काठमाडौं। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २६ गते दिउँसो १२ः३० बजे बयानका लागि फेरि बोलाएको छ।

समितिले जबरासँग बयानका लागि ४३ वटा प्रश्न तयार पारेको मा आज थप पाँच प्रश्न सोधेको थियो। यो सहित समितिले जबरालाई ११ वटा प्रश्न सोधेको छ।

आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निरर्थक भएको बताउनु भएको छ । उहाँले महाभियोग लगाएको साढे ६ महिना वितिसक्दा पनि यसको जवाफ पाउन नसकेको बताउनु भयो ।

उहाँले संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो  संविधानबमोजिम नियुक्त भएको हुँ।

संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर गएको छैन।’