२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्रसँगको बयान लम्बिदै, भदौ २६ गते अर्को बयान



अ+ अ-

काठमाडौं। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २६ गते दिउँसो १२ः३० बजे बयानका लागि फेरि बोलाएको छ।

समितिले जबरासँग बयानका लागि ४३ वटा प्रश्न तयार पारेको मा आज थप पाँच प्रश्न सोधेको थियो। यो सहित समितिले जबरालाई ११ वटा प्रश्न सोधेको छ।

आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निरर्थक भएको बताउनु भएको छ । उहाँले महाभियोग लगाएको साढे ६ महिना वितिसक्दा पनि यसको जवाफ पाउन नसकेको बताउनु भयो ।

उहाँले संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो  संविधानबमोजिम नियुक्त भएको हुँ।

संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर गएको छैन।’