२७ भाद्र २०८३, शनिबार
,
Latest
भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका शीर्ष नेताहरू छलफलमा, समस्या समाधानको निकास खोज्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पार्टीको क्रियाशील सदस्यताको विवाद मिलाउन अहिले शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । 

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच अहिले देउवा निवास बुढानीलकण्ठमा विवाद समाधानका बारे निर्णायक भनिएको छलफल जारी छ । 

कांग्रेसको क्रियाशील सदस्यताका विषयमा छानबिन समितिले टुङ्गो लगाउन बाँकी समस्या समाधानका लागि शीर्ष तहमा नै प्रयास भइरहेको वरिष्ठ नेता पौडेलले बताएका छन् । 

छानबिन समितिले १२१ वडाको नयाँ सदस्यता  स्थगित गर्दै बाँकी विवाद टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई दिँदै १२ साउनमा प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदन अनुसार बारा र सप्तरी जिल्लामा जिल्लाभर विवाद बाँकी थियो । यस्तै धनुषा-४ सर्लाही-२, रसुवा र सिन्धुपाल्चोकका केही सदस्यतामा पनि विवाद कायम थियो । 

यस्तै अन्य पार्टीबाट काँग्रेसमा समायोजन भई आएका सदस्यताको विषयमाथिको विवादसमेत कायम थियो । 

पछिल्लो पटक विवाद समाधानको जिम्मा नेता सिटौलालाई दिइएको थियो । उनीसँगै डा. मिनेन्द्र रिजाल र रमेश लेखकले विवाद समाधानका लागि प्रयास गर्दै आइरहेका थिए ।