१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै
अ अ+ अ-

काठमाडौँ । ‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ ।

जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उहाँ ‘के वान वल्र्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नुहुनेछ ।

उहाँले फाइनलमा जापानका विश्वच्याम्पियन बक्सर वाजिमा हिरोमीसँग प्रतिष्पर्धा गर्नुहुने छ । हिमचितुवाले प्रशिक्षणका क्रममा आफ्नो सामाजिक सञ्जालमा प्रतिस्पर्धीले के–कति खेल खेलेको छ वा जित हासिल गरेको छ भन्दा पनि उसको कमजोरी पत्ता लगाई मेहेनतका साथ विगतका खेलको कमजोरीलाई दोहोरिन नदिई रिङमा उत्रने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जस्तोसुकै प्रतिस्पर्धी भए पनि खेलमा कहिले पनि आत्मसमर्पण गरी झुक्दिनँ । मेरो लक्ष्य भनेको खेल जित्नु र नेपालको झण्डा फरफराउनु हो । मेरो खेल हेर्न उपस्थित नेपाली दर्शकको मलाई हौसला र प्रेरणा आवश्यक हुन्छ । हलमा उपस्थित नेपालीसहित अन्य दर्शकले गर्ने मायाले मलाई खेलमा जोश र थप ऊर्जा मिल्ने गर्दछ ।”

युवा पुस्ताका चर्चित २२ वर्षीय बक्सर हिमचितुवाले सानै उमेरदेखि ऐतिहासिक सफता हासिल गर्दै आइरहनुभएको छ । उहाँले हालसम्म १७ अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतिस्पर्धा भिडन्त गर्दा १३ प्रतियोगितामा नकआउटद्वारा र एक खेल अङ्कका आधारमा ऐतिहासिक जीत निकाली अन्तर्राष्ट्रिय रेकर्ड कायम गरिसक्नुभएको छ । जसमा ‘हिट प्राफेसलन किक बक्सिङ’ १३ भिडन्तमा शतप्रतिशत सफलता हासिल गर्न सफल हुनुभएको छ भने चारपटक ‘हिट च्याम्पियनसिप’ को ‘बेल्ट च्याम्पियन’ भई अन्तर्राष्ट्रिय रेकर्डसमेत राखिसक्नुभएको छ । ‘केवान प्रोफेसनल किक बक्सिङ’ मा भने चार भिडन्तमध्ये दुईमा नकआउट गर्दै प्रतिस्पर्धा आफ्नो पक्षमा ल्याउनुभएको छ ।

खेल जीवनको यात्रामा हिमचितुवाका पिता देव घिमिरे मुख्य प्रशिक्षक रही आफ्नो छोरालाई निरन्तर पाँच वर्षदेखि प्रशिक्षण दिँदै आइरहनुभएको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी हिमचितुवा विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आइरहनुभएको छ ।

देव स्वयं लामो समयपूर्व क्युकोसिन फुल कन्ट्याक खेलका अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो । उहाँ सन् २००४ मा के वान खेल्ने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । उहाँले कोरियामा भाग लिई रेकर्ड कायम गर्नुभएको थियो । आफ्ना पिता देवको अलवा हाल हिमचितुवालाई दुई थाइल्याण्डका प्रशिक्षकले दैनिक आठ घण्टा प्रशिक्षण दिँदै आइरहेका छन् । हिमचितुवा हाल जापानको नागोया सहरस्थित सिमुरा डोजोबाट खेल्दै आइरहनुभएको छ ।