३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

संसदको कार्यकाल कहिलेसम्म ?

संसदको कार्यकाल कहिलेसम्म ?
अ+ अ-

भाद्र १७ गते प्रतिनिधि सभामा वर्तमान सत्तारूढ गठबन्धन सरकारले पेश गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाको सामान्य कार्यकाल निर्धारण गर्ने उद्देश्यले मात्र ल्याइएको हैन ।

यस विधेयकको दफा १३ र १४ ले प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल सम्बन्धी व्यवस्था गरेको रहेछ । सो व्यवस्था अनुसार प्रतिनिधि र प्रदेश सभाको कार्यकाल सो सभाको पहिलो वैठक बसेको मितिबाट गणना गर्ने व्यवस्था रहेछ । यस आधारमा आगामी २०७९ फाल्गुन २० गते मात्र प्रतिनिधिसभाको कार्यकाल सकिन्छ र प्रदेश सभाको कार्यकाल समेत सातवटै प्रदेशमा फाल्गुन ७ देखि २० गतेको बीचमा समाप्त हुन्छ ।

यो संशोधन प्रस्ताव मूलतः राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी पेश गरिएको रहेछ । गठबन्धन दललाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा विजयी हुने कुनै भरोसा छैन । एमाले एक्लैले बहुमत ल्याउने हुनाले राष्ट्रपति र उपराष्ट्रपतिमा पराजित हुने हुँदा गठबन्धन दलले विद्यमान प्रतिनिधिसभा र प्रदेश सभा जीवित राख्न चाहन्छन् ।

यो कुरा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ सँग सम्बन्धित रहन्छ । सो ऐनको दफा ४ मा ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन निजको कार्यकाल समाप्त हुनु भन्दा एक महिना अगावै गरि सक्नु पर्दछ । २०७४ फाल्गुन २९ गते राष्ट्रपतिको निर्वाचन भएको थियो । सो आधारमा आगामी माघ २९ भित्र राष्ट्रपतिको निर्वाचन सम्पन्न भै सक्नु पर्दछ ।

निर्वाचनको लागी दफा ३ अनुसार तत्काल कायम भएको संघिय प्रतिनिधिसभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन् । पुरानो प्रतिनिधिसभा र प्रदेश सभाको सदस्य कायम हुदा हुदै निर्वाचक मण्डलमा नया निर्वाचितहरुको नाम रहने कुरै हुँदैन । सो कुरा अहिले पेश भएको विधेयकले स्पष्ट गरेको छ ।

यसैले यो नयाँ निर्वाचन पश्चात समेत गठबन्धन दलको बहुमत रहेको हुँदा पुरानो प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यलाई मतदाता कायम गरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने वदनियत साथ यो विधेयक दर्ता भएको देखिन्छ ।

यो विधेयकले कार्यकाल थप गर्ने विधेयक ल्याउँदा निर्वाचन गर्ने असल मनसाय थियो भने प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १४(२) र प्रदेश सभा निर्वाचन ऐनको दफा १४(२) मा संशोधन समेत गर्ने थियो । सो व्यवस्था अनुसार समानुपातिकको वन्द सूचीमा समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने प्रणालीमा उमेदवार हुन पाउँदैनन् । दफा ३० ले उमेद्वारको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिको मान्य अवधि प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल रहेसम्म हुन्छ ।

यसको मतलब गत २०७४ सालमा वन्द सूचीमा नाम भएका वा समानुपातिक तर्फबाट निर्वाचित व्यक्तिहरु स्वतः २०७९ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उमेद्वार हुन पाउँदैनन् । यो कुरा कानून मन्त्री वरिष्ठ अधिवक्ता वा उहाँको टीमलाइ थाहा नभएको हैन । यो निर्वाचन सार्ने र मुलुकमा अस्थिरता कायम गर्ने उद्देश्यले ल्याइएको रहेछ भन्ने देखिन्छ ।

यो विधेयकमा समावेश भएको प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल सम्बन्धी व्यवस्थाले सभामुख र उपसभामुख नभएको संसद रहने अवस्थाको सृजना गर्दछ । नेपालको संविधानको धारा १६(क) र धारा १८२(६)(क) संग वाझिन्छ । प्रतिनिधिसभा तथा प्रदेश सभा विघटन भएको अवस्थामा समेत उमेद्वारी दर्ता गर्ने अघिल्लो दिन सम्ममात्र सभामुख र उपसभामुख पदमा वहाल रहने हुन्छ ।

यदि मनोनयन पछि पनि निजहरु पदमा वहाल रहने भन्ने हो भने संविधानले मनोनयन गर्ने अघिल्लो दिन निजहरुको कार्यकाल समाप्त हुने व्यवस्था गर्नु पर्ने थिएन । यसैले समानुपातिक तर्फको मनोनयन पश्चात उनीहरु पदमा वहाल नहुने र सभामुख र उपसभामुख विहिन संसद संंचालनको अवस्था सृजना हुन्छ ।

यसैले आज बस्ने प्रतिनिधिसभाको बैठकबाट यो विषयमा प्रतिरोध हुनु आवश्यक छ र गठबन्धनको शीर्ष तहबाट भएको संविधान र कानून विरुद्धको भै रहेको षडयन्त्रलाई समाप्त गरिनु पर्दछ । वन्द सूची पेश गर्ने असोज २ गते निर्धारण भएको हुँदा १ गते देखि नै प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्था, २०७४ सालमा शुरु भै सकेको अभ्यासलाई निरन्तरता दिनु पर्दछ ।

यदि विधेयकले भने बमोजिमको व्यवस्था गर्ने हो भने प्रचलित निर्वाचन सम्बन्धी सबै कानून तथा संवैधानिक व्यवस्थामा तदअनुकूल संशोधन गरिनु अनिवार्य हुन्छ । जुन निर्वाचन अगाडि संभव देखिदैन।

बडाल बरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधीवक्ता हुनुहुन्छ I