२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : श्रीलंकाद्वारा अफगानिस्तान चार विकेटले पराजित



अ+ अ-

युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार साँझ शारजाहमा भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । शुरुआत निकै राम्रो भए पनि अफगानिस्तानले पछिल्ला ओभरमा रन बनाउन निकै संघर्ष गर्नु परेको थियो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले ४५ बल खेलेर ८४ रनको आकर्षक पारि खेलेका थिए । साथै इब्राहिम जड्रानले ४०, नजिबुल्लाह जड्रानले १७ रन बनाए । एक समय अफगानिस्तानले २०० रन भन्दा बढी बढाउने सम्भावना देखिएको थियो, तर श्रीलंकाको कसिलो बलिङले अफगानिस्तानलाई रोकेको थियो ।

एकसय १७६ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको श्रीलंकाले निर्धारित लक्ष्य पाँच बल बाँकी छँदै पूरा गरेको थियो ।

श्रीलंकाका लागि पाथुम निसान्काले ३५, कुसल मेन्डिसले ३६, डानुस्का गुनथिलकाले ३३, भानुका राजपाक्षले ३१ रन बनाएका थिए ।

सुपर ४ को यस खेलबाट श्रीलंकाले २ अंक बटुलेको छ ।

आज आइतबार भारत र पाकिस्तानबीच महाभिडन्त हुनेछ । एजेन्सी