५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजे: केपी ओली



अ+ अ-

भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनु भएको छ । 

अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरी निर्वाचनको माध्यामबाट सरकारमा आउने दावी समेत गर्नु भयो । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताउनु भयो । अध्यक्ष ओलीले आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नु भयो, ‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिदैन ।

एउटै सर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने । अथवा जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधिशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ ? हामी जमिनमा छोई हाल्छौं, टेकी हाल्छौं । जनतासँग एकाकार भईहाल्छौं । नेकपा एमाले फेरी आउँछ । जनताबाट जन्मिएको, जनताको बीचमा हुर्किएको, जनताका लागि बनेको यो पार्टी, देशका लागि बनेको यो पार्टी, जनताको सुःख र समृद्धिका लागि बनेको पार्टी त्यसकारणले यसले जनताको साथ प्राप्त गर्छ ।’

अध्यक्ष ओलीले आफ्नो बाँकि जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता पनि दोहोर्‍याउनु भयो । त्यस अवसरमा उहाँले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘मैले पटकपटक दोहोर्‍याउने गरेको छु–बाँकि जिन्दगी म फेरी पनि भन्छु–देशप्रति, जनताप्रति, यस देशका ज्येष्ठ नागरिकहरुप्रति, देश अशक्त व्यक्तिहरुप्रति, यस देशका असहाय, वेसाहारा नागरिकप्रति, यस देशका निमुखाहरुप्रति र यस देशमा न्याय नपाईरहेकाप्रति देश, जनता, मानवजाति, यस धर्तीप्रति समर्पित गर्नेछु । देश र जनताको हितका विरुद्ध, जनताको खुशहालीका विरुद्ध कुनै पनि काम गर्दिन । मेरो बाँकि जिन्दगी सम्पूर्ण जिन्दगी देशप्रति, जनताप्रति समर्पित गर्नेछु ।

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गर्नु भएको विचारहरुको संगालो ‘समवेत दृष्टि’  नामक पुस्तक पनि विमोचन गरिएको थियो ।