• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

इङलिस प्रिमियर लिग : चेल्सी, टोटेनह्यामको महत्वपूर्ण जित, लिभरपुल बराबरीमा रोकियो



टोटेनह्यामका खेलाडीहरू गोल गरेपछि खुशी साटासाट गर्दै । तस्वीरः एएफपी

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलहरुमा चेल्सी, टोटेनह्यामले महत्वपूर्ण जित निकालेका छन् । तर लिभरपुल भने एभर्टनसँग बराबरीमा रोकिएको छ ।

लिगको यस सिजनमा चेल्सीले ६ खेलबाट १० अंक जोड्दै पाँचौं स्थानमा उक्लेको छ । वेस्टह्याम युनाइटेडसँगको संघर्षपूर्ण खेलमा चेल्सी २–१ ले विजयी भएको हो । चेल्सीका लागि बेन चिल्वेलले ७६ र काई हावार्जले ८८ औं मिनेटमा गोल गरेका थिए ।

तर पहिलो गोल भने वेस्टह्यामका लागि मिखाइल एन्टोनियोले ६२ औं मिनेटमा गरेका थिए । वेस्टह्यामका म्याक्सवेल कोर्नेटले गरेको गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् ।

अर्कोतर्फ, टोटेनह्यामले फूलह्यामलाई २–१ ले पराजित गरेको थियो । टोटेनह्यामका लागि होयबर्गले ४० र ह्यारी केनले ७५ औं मिनेटमा गोल गरेका थिए भने फूलह्यामका लागि एक मात्र गोल अलेक्सान्डर मिट्रोभिकले ८३ औं मिनेटमा गोल गरेर टोटेनह्याममाथि दबाब सिर्जना गरेका थिए ।

यो जितसँगै टोटेनह्यामले ६ खेलबाट १४ अंक बटुल्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा रहेको आर्सनलले ५ खेलबाट १५ अंक बनाइसकेको छ, र आर्सनल यस सिजनमा अपराजित छ ।

अन्य खेलहरुमा ब्रेन्टफोर्डले लिड्सलाई ५–२ ले पराजित गरेको छ भने बोर्नमाउथले नटिङघम फोरेस्टलाई ३–२ तथा उल्भ्सले साउथह्याम्प्टनलाई १–० गोल अन्तरले पराजित गरेका थिए । क्रिस्टल प्यालेस र न्यूक्यासलबीचको खेल भने बराबरी (०–०) मा सकिएको थियो ।

आजै साँझ म्यान्चेस्टर सिटी र एस्टनभिल्ला बीच खेल हुनेछ ।