५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङलिस प्रिमियर लिग : चेल्सी, टोटेनह्यामको महत्वपूर्ण जित, लिभरपुल बराबरीमा रोकियो



टोटेनह्यामका खेलाडीहरू गोल गरेपछि खुशी साटासाट गर्दै । तस्वीरः एएफपी
अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलहरुमा चेल्सी, टोटेनह्यामले महत्वपूर्ण जित निकालेका छन् । तर लिभरपुल भने एभर्टनसँग बराबरीमा रोकिएको छ ।

लिगको यस सिजनमा चेल्सीले ६ खेलबाट १० अंक जोड्दै पाँचौं स्थानमा उक्लेको छ । वेस्टह्याम युनाइटेडसँगको संघर्षपूर्ण खेलमा चेल्सी २–१ ले विजयी भएको हो । चेल्सीका लागि बेन चिल्वेलले ७६ र काई हावार्जले ८८ औं मिनेटमा गोल गरेका थिए ।

तर पहिलो गोल भने वेस्टह्यामका लागि मिखाइल एन्टोनियोले ६२ औं मिनेटमा गरेका थिए । वेस्टह्यामका म्याक्सवेल कोर्नेटले गरेको गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् ।

अर्कोतर्फ, टोटेनह्यामले फूलह्यामलाई २–१ ले पराजित गरेको थियो । टोटेनह्यामका लागि होयबर्गले ४० र ह्यारी केनले ७५ औं मिनेटमा गोल गरेका थिए भने फूलह्यामका लागि एक मात्र गोल अलेक्सान्डर मिट्रोभिकले ८३ औं मिनेटमा गोल गरेर टोटेनह्याममाथि दबाब सिर्जना गरेका थिए ।

यो जितसँगै टोटेनह्यामले ६ खेलबाट १४ अंक बटुल्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा रहेको आर्सनलले ५ खेलबाट १५ अंक बनाइसकेको छ, र आर्सनल यस सिजनमा अपराजित छ ।

अन्य खेलहरुमा ब्रेन्टफोर्डले लिड्सलाई ५–२ ले पराजित गरेको छ भने बोर्नमाउथले नटिङघम फोरेस्टलाई ३–२ तथा उल्भ्सले साउथह्याम्प्टनलाई १–० गोल अन्तरले पराजित गरेका थिए । क्रिस्टल प्यालेस र न्यूक्यासलबीचको खेल भने बराबरी (०–०) मा सकिएको थियो ।

आजै साँझ म्यान्चेस्टर सिटी र एस्टनभिल्ला बीच खेल हुनेछ ।