१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ ।
सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन तथा जुनियरको पुरुषमा एथलेटिक्सका सन्दिप थारु र महिलामा टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

प्रशासन र प्राविधकितर्फ ६ कर्मचारी पुरस्कृत भए । सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा डिल्लीराम काफ्ले र प्राविधिकमा उसुका प्रकाश महर्जन, उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा दीपा बास्तोला र प्राविधिकमा भारोत्तोलनका जीवन गौतम तथा परिषद् सेवा पुरस्कारको प्रशासनमा अर्जुनबहादुर कार्की र प्राविधिकमा जिम्न्याष्टिककी सजनी मानन्धर पुरस्कृत भए । राखेपमा करार सेवामा कार्यरत कर्मचारीतर्फ केशव खरेल सम्मानित भए ।

खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य र राससकी मुनाकुमारी कार्की सम्मानित भए । उनीहरुलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो ।

उत्कृष्ट स्थानिय तहमा भरतपुर महानगरपालिका, उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल ट्रायथलन संघ र उत्कृष्ट खेल सामाग्री उत्पादकमा कामारु ट्रेडिङ प्रा।लि। सम्मानित भए । सो अवसरमा राखेपमा २५ वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई क्रमशः दीर्घ सेवा पदक र परिषद् सेवा पदक प्रदान गरिएको थियो ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाली सेनाका उपरथी सिताराम खड्कालगायतले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सीमित श्रोत र साधनका बावजुद नेपाली खेलाडीले हासिल गरेको उपलब्धी प्रशंसानीय रहेको बताउदै खेलकुदको पूर्वाधार र खेलाडीको सुविधा बृद्धि गर्ने कुरामा सरकार प्रयत्नशील रहेको बताए ।

खेलकुद मन्त्री गहतराजले प्राथमिक तहदेखि नै खेलकुदलाई शिक्षामा समावेश गर्नु पर्नेमा जोड दिदै अब आउने नियमावलीमा खेलाडीको पुरस्कारलाई कानूनी रुपमै व्यवस्था गरिएको जानकारी दिए । मन्त्री गहतराजले खेलकुदलाई उद्योगका रुपमा विकास गर्नु पर्ने, पर्यटनसंग जोड्नु पर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने माध्यमका रुपमा विकसित गर्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष कोइरालाले खेलकुदलाई आर्थिक उपार्जनको माध्यम पनि बनाउनु पर्ने आवश्यकता औल्याए । सदस्य–सचिव घिसिङले उमेरसमूह र सिनियर खेलाडीको प्रतियोगिताका लागि तालिका बनाएर अगाडि बढ्ने तयारी भइरहेको बताउदै नवौं राष्ट्रिय खेलकुदको तयारी बारे जानकारी गराएका थिए ।

उनले एसियाली खेलकुदमा स्वर्णको खडेरी तोड्ने गरी तयारी अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताउदै दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदको तयारीमा जुट्नु पर्ने आवश्कता औल्याए ।