१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी
अ अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभएको छ ।

राखेपको ५९ औं वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभयो । विदेशी क्लवमा व्यवासायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तान समेत रहनुभएको थियो । दुई साता अघि मात्र किरण सम्मलित माल्दिभ्सको माजियाले माल्दिभ्सको लिग र एएफए कपको उपाधि जितेको थियो ।

यस्तै गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेकी पलेशाले मंसिरमा एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जित्नुभएको थियो । उहाँले ५७ केजी मुनि के ४४ तर्फ पहिलो स्थान प्राप्त गर्नुभएको थियो । जुनियर महिलामा उत्कृष्ट बन्नुभएकी इभानाले यसै वर्ष माल्दिभ्समा भएको दक्षिण एशियाली क्याडेड तथा जुनियर टेबल टेनिस प्रतियोगिताको क्याडेड गल्र्स टिम इभेन्ट्समा रजत पदक जित्नुभएको थियो भने सुदीपले १२ औं राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।

राखेपले वार्षिक उत्सवको अवसरमा नेपाल ट्रायथोलन संघलाई उत्कृष्ट संघ घोषणा गरेको छ । त्यस्तै राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोलीलगायतलाई प्रायोजन गर्दै आएको केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ सोही अवसरमा सम्मानित भएको छ । त्यस्तै द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राससकी मुना कार्कीले खेलकुद पत्रकारको रुपमा सम्मान थापे । कार्यक्रममा कार्यक्रममा खेलाडी, संघ, पालिका, कर्मचारी, प्रायोजक लगायतलाई सम्मान गरिएको थियो । खेलाडीसहित १६ जना सम्मानित भएका थिए । त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पद गरि १ सय ४१ राखेप कर्मचारी पनि विभूषित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले खेलाडी, कर्मचारीलाई सम्मान र विभुषित गर्नुभएको थियो ।