१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम:आपसी सम्बन्धलाई नजिक बनाउने प्रयास: प्रमुख शाह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । महानगर सञ्चालनका प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ मा नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरु सहभागी सहभागी हुनुहुन्छ । २ दिने कार्यक्रममा कानुन, प्रशासन तथा वित्तिय व्यवस्थापनका कानुनी तथा व्यवहारिक बुझाइ समेटेर विषयगत प्रस्तुति तथा छलफल हुँदैछ ।

कार्यक्रम सुरु गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राख्नुभयो । ‘एउटै विषयमा असमान धारणा निर्माण भयो भने त्यसले नतिजा ल्याउन चुनौती सिर्जना गर्छ । काठमाडौँ महानगरमा जनप्रतिनिधिको परिवार ठूलो भएकोले आपसी सम्बन्धलाई आत्मी बनाउन पनि कार्यक्रम आवश्यक छ । त्यसैले अभिमुखीकरण आयोजना गरिएको हो ।’


कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, कार्यगत एकता र सहभागितामुलक विकास पद्धतिका लागि अभिमुखीकरणले योगदान गर्ने अपेक्षा गर्नुभयो ।
सेवाग्राहीका अपेक्षा महानगरबाट नागरिकमा परावर्तन गराउन जनप्रतिनिधि र कर्मचारीको समान बुझाइमा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, राजस्वमा वृद्धि तथा बेरुजु फस्र्यौटमा प्राप्त भएको उपलब्धीलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो ।

अभिमुखीकरणमा ‘सहरी सुशासन र जनप्रतिनिधि’, ‘अफिस अटोमेसन र विद्युतीय शासन’, ‘स्थानीय शासन र हाम्रा कानुन (संघ, प्रदेश र स्थानीय)’, ‘सार्वजनिक खरिद प्रक्रिया र कानुनी व्यवस्था’ विषयमा प्रस्तुति भएका थिए । यी विषयमा क्रमशः कृष्णहरि बास्कोटा, रोमकान्त पाण्डे, डा. चन्द्रकान्त ज्ञवाली र सुरेश प्रधानले प्रस्तुतिकरण गर्नुभएको थियो ।

यस्तै डा. पुरुषोत्तम डंगोलले, ‘भवन निर्माण संहिता, भवन मापदण्ड एवम् सार्वजनिक निर्माण विषयमा जान्नै पर्ने कुरा’ विषय प्रस्तुति गर्नुभएको थियो । डिलाराम पन्थीले, ‘स्थानीय तहमा योजना तर्जुमा’ विषयक प्रस्तुति गर्नुभएको थियो ।
त्यस क्रममा जनप्रतिनिधिहरुले सेवा प्रवाह, नागरिकका अपेक्षा र सीमाका विषयमा प्रश्न राख्नुभएको थियो ।