८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाली भेडा ‘नाउर’- फोटो फिचर



अ+ अ-

उच्च हिमाली क्षेत्रमा पाइने हिमाली भेडालाई नाउर भनिन्छ । समुद्री सतहबाट करिब तीन हजार मिटरको उचाइदेखि पाँच हजार मिटरभन्दा धेरै उचाइमा नाउर पाइन्छ ।

स्तनधारी जनावर नाउर नेपालका करिब सबै हिमाली जिल्लामा पाइन्छ । बथानमा बस्न मन पराउने यो जनावरको तौल करिब एक सय किलोभन्दा बढी हुन्छ ।

पाँच प्रजातिमा पाइने नाउरमध्ये नेपालमा मात्र पाइने हिमाली भेडा नाउर हो । नाउर जाडो समयमा बेँसीतिर झर्ने गर्छ । हिमरेखामा रमाउने हिमाली जङ्गली जनावर नाउर चिसो बढेसँगै बेँसी झर्ने गर्छन् । गर्मीयममा भने हिमालको काखमा बसोबास गर्ने यी जनावर जाडो छल्न बेँसी झर्छन् ।

नेपालको लाङटाङ, मकालु वरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, मनाङ, मुस्ताङ र डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यो जनावर पाइने गर्छ । ढोरपाटन सिकार आरक्ष नाउर सिकार गर्न पाइने प्रसिद्ध ठाउँ हो । यहाँ विदेशीहरू समेत नाउरको सिकार खेल्न आउने गर्छन् ।

यिनीहरुलाई हिउँ चितुवाको मुख्य आहारको रुपमा पनि चिनिन्छ ।

तस्बिर: नवीन लामिछाने / रासस




भर्खरै