• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सडकमा थुपारिएका निर्माण सामाग्री हटाउँदै महानगर



सडकमा राखिएको निर्माण सामाग्री ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा थुपारिएको निर्माण सामाग्री हटाउन शुरु गरेको छ ।

निजी प्रयोजनका लागि सडकमा नै अस्तव्यस्त रुपमा थुपारिएका निर्माण सामाग्रीहरु महानगरले डोजर लगाएर हटाएको हो ।

सडकमा नै निर्माण सामाग्रीहरु राख्दा पैदल यात्रु तथा सवारी आवतजावतमा असहज हुने हुदाँ आजबाट सडकमा थुपारिएका निर्माण सामाग्री उठाउन थालेको महानगरले बताएको छ। महानगरले आज नयाँ बानेश्वरमा रहेको युनिग्लोबल कलेज छेउमा थुपारिएको निर्माण सामाग्री हटाएको छ ।

महानगरपालिकाले अबैध संरचना र होर्डिङ बोर्डसँगै सडकमा थुपारिएका निर्माण सामाग्री हटाउन शुरु गरेको छ ।