२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज विहान ११ः४० बजे वीर अस्पतालको डेन्टल विभागमा उहाँको माइनर ओरल सर्जरी गरिएको हो । 

सर्जरी गरेर उहाँको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।  डेन्टल विभागकी प्रमुख डा. शैली प्रधान, डा। किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गर्नुभएको हो । 

सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । 

सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहनु भएको छ । सभामुखले उपचारमा संलग्न चिकित्सकहरुको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।