२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज विहान ११ः४० बजे वीर अस्पतालको डेन्टल विभागमा उहाँको माइनर ओरल सर्जरी गरिएको हो । 

सर्जरी गरेर उहाँको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।  डेन्टल विभागकी प्रमुख डा. शैली प्रधान, डा। किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गर्नुभएको हो । 

सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । 

सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहनु भएको छ । सभामुखले उपचारमा संलग्न चिकित्सकहरुको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।