• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान



काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवारसुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो ।

ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ । घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले अहिले भएका दलहरू जनता र राष्ट्र केन्द्रित नभएको बताउनु भयो । उहाँले धेरै पार्टीहरू भएकै कारण देश बिग्रिएको भन्ने मानसिकता रहेको बताउनु भयो ।

सायमीले अहिले नेपालमा भएका सबै दलहरू एकै खालका भएको बताउनु भयो । उहाँले अहिले नेपालमा भएका ठूला दलहरू निजी कम्पनी जसरी चलिरहेको दाबी गर्नुभयो । सायमीले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो गर्नुभयो । उहाँले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने बताउनु भयो ।

त्यस्तै, कलाकार मधुसुदन पाठक (सीते बा) ले पनि काठमाडौं–५बाट प्रतिनिधि सभा सांसदको उम्मेदवार घोषणा गर्नुभयो । उहाँले आफूले १७ वर्षको उमेरदेखि काठमाडौं क्षेत्र नम्बर ५ मा व्यवसाय गर्दै आएकाले त्यहाँबाट उम्मेदवारी घोषणा गरेको बताउनु भयो । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधित्व गर्दै जनताका समस्या समाधानको लागि संसदमा पुग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

लौरो अभियानमार्फत बिहीवार ११ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधि सभातर्फ ७ जना र प्रदेश सभातर्फ ४ जना गरी जम्मा ११ जनाले उम्मेदवारी घोषणा गरेका हुन् । मधुसुदन पाठक ‘सिते बा’ – काठमाडौं–५ र विद्या श्रेष्ठ महर्जनले काठमाडौं–९ बाट उम्मेदवार घोषणा गर्नुभएको छ । राजाराम तण्डुकारले ललितपुर–३, र भिष्म राना रूपन्देही–५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन् । भक्तपुर–२ बाट लोकेन्द्र र काठमाडौं–२ बाट रोहन कार्कीले उम्मेदवारी दिन लागेका हुन् ।