• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

राष्ट्रपति भण्डारीद्वारा महिला चिकित्सकहरुलाई सम्मान



काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ ।

बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो ।

संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो । वुमन इन मेडिसिन अवार्ड पाउनेहरुमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह हुनुहुन्छ ।

त्यस्तै वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरु विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सकहरु हुनुहुन्छ ।