२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीले कारबाही गरेकालाई दल बिभाजनमा आयोगले सनाखत गराउन मिल्दैन: अग्नी खरेल



अ+ अ-

काठमाडौ । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्यता नदिन निर्बाचन आयोगको ध्यानकषर्ण गराएको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र सदस्य बाबुराम दाहालले आयोगमा पुगेर ध्यानकर्षण गराउनु भएको हो ।

खरेलले न्युजपोलार संग भन्नुभयो "दलले निष्कासन गरेका व्यक्तिलाई सोही दल बिभाजको बिषयमा सनाखत गराउनु कानून सम्मत हुदैन यसै बिषयमा आयोगमा प्रमुख आयुक्त सहित सरोकारवालाहरुको ध्यानकर्षण गराएका छौ ।"

एमालेले भदौ १  गते माधव नेपालसहित मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणी खड्का, कलिला खातुन, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरू, पुष्पाकुमारी कर्ण, सरला यादव, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाही गरेको थियो ।