२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

ऋषिपञ्चमीः देशभरका ऋषि मन्दिरहरुमा भक्तजनको भिड (फोटोसहित)

ऋषिपञ्चमीः  देशभरका ऋषि मन्दिरहरुमा भक्तजनको भिड (फोटोसहित)
अ अ+ अ-

काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदै छ ।

आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । काठमाडौंको मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु महिलाहरुको भीड लागेको छ ।

महिलाहरुले रजश्वला भएको बेलामा अन्जानमा गरेका गल्तीको पाप नलागोस् भन्ने मनशायले सप्त ऋषिसहित वशिष्ठ पत्नी अरुन्धतीको पूजा गर्ने परम्परा छ । सप्त ऋषिहरुको व्रतोपासनपछि रजश्वला भएको बेलामा गरेका गल्तीहरुको पाप नलाग्ने विश्वासका साथ मनाइने यो पर्व प्रतिपदा तिथीबाट शुरु भइ पञ्चमीसम्म मनाइने गरिन्छ ।

व्रतोपासनका लागि मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पुगेका व्रतालु महिलाले रजश्वला भएका महिलाले वर्ष दिनमा रजश्वला हुँदा अन्जानमा छोइएको पाप नलागोस् भन्ने हेतुले पाप क्षयको लागि व्रत बसेको बताए । उनीहरुले अहिले महिलाहरुले रजश्वला नबार्ने भएकोले आजका दिनमा पाप नाशको लागि भनेपनि व्रत बस्ने परम्परा रहेको बताए । उनीहरुले व्रत बस्नु शरीरको लागि पनि फाइदाजनक भएको र यसले मानसिक चिन्तालाई भगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै पुरोहित जनार्दन पराजुलीले पुरुषहरुका लागि ऋषितर्पणी भएझैँ महिलाहरुका लागि ऋषि पञ्चमी पर्व मनाउने गरेको बताउनु भयो । उहाँले कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र वशिष्ठ पत्नी अरुन्धतीको पूजा गरेर महिलाहरुले आजको दिनमा वर्षभरमा रजश्वला हुँदा अन्जानमा भएका गल्तीको मोक्षका लागि व्रत बस्ने गरेको बताउनु भयो ।

महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले  दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ । महिलाहरु आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तर्षीहरुको पूजा गर्ने गर्दछन् ।