२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस सुनसरीद्वारा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस



अ+ अ-

इनरुवा । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ ।

पार्टीको निर्देशनअनुसार क्षेत्र नं १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने १ (२) बाट रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको जिल्ला सचिव सुवेदीले बताउनुभयो । त्यसैगरी प्रतिनिधिसभा सुनसरी क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ । यस क्षेत्रको प्रदेशसभाका उमेदवारको नाम आगामी बैठकले सिफारिस गर्ने निर्णय गरेको सचिव सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा मोहमद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभामा क्षेत्र नं ३ (१) बाट केशव विष्ट, गौरी परियार र नयनतारा सिटौलाको नाम सिफारिस गरिएको छ भने ३ (२)बाट रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा केशवप्रसाद तिम्सिना, डा सिएन पाठक र कैलाश अञ्जुमको नाम सिफारिस गरिएको छ । त्यसैगरी प्रदेशसभा क्षेत्र नं ४९१० मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेलको नाम सिफारिस गरिएको छ भने ४ (२)मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गरिएको सचिव सुवेदीले बताउनुभयो ।