५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्कलो सस्तो भन्दैमा हेप्न पर्दैन !



अ+ अ-

ऋषि पञ्चमीको दिनमा बिहान नुहाएर पुजा गरेपछि महिलाहरुले कर्कलो र भात खाने चलन छ। त्यो दिन पकाइने कर्कलो र भात म बडो मिठो मानेर खान्छु।

‘कर्कलोको नाम लिएपछि त्यस्तो पनि तरकारी हुन्छ र ? के खाने छ्या ! भनेर नाक खुम्च्याउनेहरु पनि धेरै भेटिन्छन्। कर्कलोमा पाइने पौष्टिक तत्वबारे थाहा भएको सायद यसरी नाक खुम्च्याउने मध्ये धेरैले आहा ! भन्ने थिए। नखाने हरुले पनि खान थाल्थे होलान्।

कर्कलोको हरियो पात पकाउँदा कतिपय अवस्थामा कोक्याउने पनि हुन्छ। तर अमिलो यसमा अमिलो हालेपछि, त्यो कोक्याउने हट्छ।

फलामको भाँडामा पकाएको कर्कलो अमिलो गोलभेडा र भातसँग खायो भने यसले शरिरमा लौहतत्व पर्याप्त प्रदान गर्छ। शायद त्यसैले हाम्रो सँस्कृतिमा तीज र पञ्चमीको ब्रतपछि शरिरलाई उर्जा र पोषण दिन भनेर कर्कलो भात खाने चलन चल्यो हाेला ।

ऋषि पञ्चमीको दिनमा कर्कलो खोजीखोजी खाइन्छ। तर अरु दिनमा पनि कर्कलो खाइयो भने रक्तअल्पताबाट बच्न खुब मद्दत गर्ने थियो।

नेपालमा मात्र होइन कर्कलो त चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि प्रयोग गरिन्छ। दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, देराममा सुप बनाएर खाइन्छ।
कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टामा पनि कतिपय ठाउँमा प्रयोग गरिन्छ युरोपमा रोमन कालदेखि नै यसलाई प्रयोग गरिन्थ्यो। त्यो बेलामा पिँडालु कसरी पकाएर खाने भनेर किताबमा नै लेखिएको थियो।

नेपालमा कर्कलो र पिँडालुलाई अलि अपहेलित खाना मानिन्छ। तर र्ककलो र मासको मस्यौरा तातो भातसँग खाने मानिसहरुले चाँही यसको स्वाद बिर्सन गाह्रो हुन्छ। किन होला कर्कलो र पिँडालु यति अपहेलित भएको नेपालमा ?

शायद जताततै पाइने भएर हो किरु तराईतिर बाटो–बाटोमै र्ककलोको बोट देखिन्छ। तर कसैले प्रयोग गरेको देखिन्न। कर्कलोमा लौहतत्व, क्याल्सियम, विभिन्न अन्य खनिज पदार्थ र भिटामिन ए, भिटामिन सी, भिटामिन के पनि केही मात्रामा हुन्छन्।

बाटामा फलिरहेको कर्कलो किन कसैले नटिपेको भनेर सोद्धा एक महिलाले भनेकी थिइन् –यसमा त विष हुन्छ। खानु हुन्न। वास्तवमा नै यसमा रहेको ‘क्याल्सियम अक्सोलेट’ नामक तत्वको उपस्थितिले यसमा केही विष हुनसक्छ। तर रातभरि पानीमा भिजाएर वा मज्जासँग पकाएपछि त्यो विषालु तत्व नष्ट हुन्छ।

केही व्यक्तिहरु जसको घुडाँ दुख्छ, उनीहरुले धेरै कर्कलो र पिँडालु खाएपछि घुडाँको दुखाइ बढेको अनुभव गर्छन् भने शायद यस्ता व्यक्तिहरुले कम खाएकै वा छोडेकै ठीक हुन्छ। तर अन्य स्वस्थ व्यक्तिहरुलाई स्वादको साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले प्रयोग गर्नु अति  उत्तम हुन्छ।

सस्तो भन्दैमा हेप्न पर्दैन। बट्टाका, प्याकेटका कुहिएका खानेकुरा भन्दा त कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे हुन्छ।