१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिलाई दोस्रो दिन आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयान दिन सुरु गर्नुभएको छ ।

सिंहदरबारको संसद् सचिवालय भवनमा जबरासँग दोस्रो दिन सिफारिस समितिले बयान लिन सुरु गरेको हो ।

आज जबरा समितिमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो उपस्थिति हुनुभएको थियो । पहिलो दिन हिजो बुधबार जबरासँग समितिले ४३ मध्ये चार वटा प्रश्न सोधेको थियो ।
पहिलो दिन उहाँले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा सर्वोच्च अदालतका अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि आक्रोश पोख्नुभएको थियो ।