२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम
अ अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २४ लाख ७४ हजार ७७३ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजारदेखि ४० हजारको बीचमा रहँदै आएकोमा अहिले २५ हजारको हाराहारीमा झरेको मङ्गलबार जनाएको छ । 

दैनिक सङ्क्रमितको सङ्ख्या कम भएपछि भारतका कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख हुदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् । 

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १५६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३५ हजार ११० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ३५४ जनाको मृत्यु भएको हो । 

कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कुल ५० करोड ९३ लाखभन्दा बढीको परीक्षण भएको छ । 

त्यसैगरी भारतमा अहिलेसम्म कुल ६३ करोड ८५ लाख  भन्दा बढी डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ । (रासस-एएनआई)