२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै



अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।

सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडीले सहभागिता जनाएकामा प्रादेशिक प्रतियोगितामा सो सङ्ख्यामा खेलाडी र व्यवस्थापक छनोट भएका हुन् । प्रत्येक खेलमा एक जना प्रशिक्षक र एक जना व्यवस्थापक राखिएको छ ।

प्रादेशिक छनोट प्रतियोगितामा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने सवैभन्दा कम मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेछ । भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगितामा कास्कीबाट ६७३ खेलाडी छनोट भएका छन् । परिषद्का अनुसार मुस्ताङबाट १६६, म्याग्दी २८३, बागलुङ ३६१, पर्वत २२३, स्याङ्जा ३४७ र तनहुँबाट ३०३ खेलाडी प्रादेशिक छनोटमा परेका छन् ।

यसैगरी लमजुङबाट २१३, गोरखा २३०,मनाङ ४६ र नवलपुरबाट ३७८ खेलाडीले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने निश्चित भएको छ ।

प्रदेशस्तरीय खेलमा विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी समग्र प्रतियोगिताको खेलको आधारमा स्वर्ण, रजत र कास्यको परिणामलाई मुल्याङ्कन गरी जिल्लालाई प्रथम, द्धितीय र तृतीय घोषणा गरी च्याम्पियन ट्रफी प्रदान गरिने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा गण्डकीबाट ७०९ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा ४०४ इभेन्टमा ४११ पुरुष र २९८ महिला खेलाडीहरुको सहभागिता रहने परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले बताउनुभयो ।
जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि कूल रु सात करोड ८५ लाख खर्च हुने अनुमान परिषद्को छ । सो रकम विशेष प्रशिक्षण, जिल्ला छनोट, प्रदेश छनोट, खेलाडी बन्द प्रशिक्षण, खेलकुद सामग्री खरीदमा खर्च हुने बताइन्छ । रासस