९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेका सीईओ साउदले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणको विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका छन् । आज (मंगलबार) अर्थ मन्त्रालयमा उनले राजीनामा पत्र बुझाएका हुन् । पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाबारे उनले जानकारी दिएका हुन् ।

उनलाई अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणबारे बारम्बार स्पष्टीकरण सोधेपछि पदबाट आज राजीनामा दिएका हुन् ।

साउँदले आफ्नो श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टले बुक बिल्डिंगमार्फत आईपीओ जारी गर्ने तयारी गरिरहेका बेला कम्पनीको शेयर किनेपछि उनले गोल्डेन शेयरका रुपमा सो शेयर पाएको आरोप लागेको हो ।