२ कार्तिक २०८१, शुक्रबार
,
Latest
महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काले माल्दिभ्सलाई हरायो प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी महिला स्वास्थ्य स्वयंसेविकाले कार्तिक १५ देखि सार्वजनिक यातायात चढेको पैसा तिर्न नपर्ने सन्दीपले पाए अमेरिकाको भिसा, आजै उड्ने सेवा रेमिटको अनुमतिपत्र खारेज देशभर बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी चितवनमा रगतको अभाव प्रतिपक्ष दलहरुले जनसरोकारका विविध विषयमा ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराउने रगत संकलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनः ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभाग हो भन्न नसकेर समस्या हो भन्दै जनतालाई अलमल्याउन खोजेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको अवस्थामा सरकारले दुई देशको समस्या भन्दै जनतालाई झुक्याइरहेको बताउनुभयो । वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई आफ्नो देशको नक्सा भन्न नसकेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा गठबन्धन सरकरले आफ्नो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताउनु भयो ।

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराउनु भयो । पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलविर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोककुमार चन्द लगायत अन्य नेता कार्यकर्ता समेत नेकपा एमालेमा सामाहित भएका छन् ।