• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

टि–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झ-यो



काठमाडौं । टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ ।

केन्या विरुद्धको पाँच खेलको टि–ट्वान्टी सिरिजको उपाधि जितेता भए पनि नेपालको वरीयता भने खस्कियो । मङ्गलबार सम्पन्न उक्त सिरिज नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो । अब नेपालले केन्याविरुद्ध तीन एक दिवसीय सिरिज खेल्नेछ । उक्त खेल यही भदौ १७ गतेदेखि सुरु हुनेछ ।

टी–ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा रहेको छ । यसैगरी दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलङ्का आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेका छन् ।रासस