२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति र मेरो धारणा समान: प्रचण्ड



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयकका बारेमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली संग छलफल गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड सहित माओवादी नेताको टोली शीतल निवास गएको थियो । प्रचण्डलेअंगिकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नु भएको चासो र आफूहरुको धारण समान रहेको जानकारी गराउनु भएको थियो ।

प्रचण्डले संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न नसकेका कारण विधेयकमा कुनै नयाँ व्यवस्था नगरिएको जानकारी गराउनु भयो । प्रचण्डको सचिवालयका अनुसार उहाँले यसबारे पार्टीको धारणाा संसदमा रेकर्ड गराएको बताउनुभयो ।

उहाँले सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको उल्लेख गर्दे तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको जानकारी गराउनुभयो ।

दाहालको सचिवालयका अनुसार यो विधेयक तत्कालीन प्रधानमन्त्री केपी ओली पेश गरि राष्ट्रपति द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको दाबी गर्नुभयो । उहाँले यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुस्खद भएको पनि बताउनु भएको थियो ।




भर्खरै